काठमाडौँ । अनलाइनबाट जुवा खेलाएको आशङ्कामा ललितपुरको सातदोबाटो स्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनीहरूलाई सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि पक्राउ गरेको सीआइबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका ५३ जनामध्ये २९ जना महिला र तीन जना भारतीय नागरिक छन् । उनीहरूमाथि अनुसन्धान गरेर आज म्याद थप्ने सिआइबीको तयारी रहेको छ ।


































