काठमाडौं । युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप भएको छ ।
नक्कली भारतीय नोटको कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ मुक्त भएका थिए । मुक्त भएलगत्तैलाई सीबीआईको टोलीले पक्राउ गरेको थियो ।
उनलाई आजै अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको सीआईबीका एसएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।


































