National life
cg eloctronics

अराजक गतिविधि गर्नेहरुलाई कारबाही गर्न बैंक तथा वित्तीय संस्थाको माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
824Shares
अराजक गतिविधि गर्नेहरुलाई कारबाही गर्न बैंक तथा वित्तीय संस्थाको माग
muktinatha bikash bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले अराजक गतिविधि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । संगठनहरुले ऋण नतिर्ने बहानामा विभिन्न प्रकारका अराजक गतिविधि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग माग गरेका हुन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै संगठनहरुले अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको सञ्चालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिन पनि सरोकारवाला सबै निकायसँग अनुरोध गरेका छन् ।

‘ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्नुपर्छ’, विज्ञप्तिमा भनिएको ‘तर, ऋण नतिर्ने बहानामा विभिन्न प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्ति–सुरक्षा कायम गरिदिन सरोकारवाला सबै निकायसँग अनुरोध गर्दछौं।’

आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापास्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा सञ्चालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा विज्ञप्तिमार्फत त्यस्ता कार्यको घोर निन्दा गरिएको छ ।

साथै आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् ।

everest bank

अर्थतन्त्रको प्रमुख स्तम्भका रुपमा स्थापित बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुले मुलुकको विकास, आमसर्वसाधारणलाई प्रदान गर्ने सेवा–सुविधा, आर्थिक वृद्धिमा खेलेको भूमिका, रोजगारी सिर्जनालगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा दिएको योगदानको बारेमा सबै जानकार भएको पनि संयुक्त विज्ञप्ति उल्लेख गरिएको छ ।

मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ क्षेत्र निर्वाध रुपमा सञ्चालन गर्न र सेवा पुर्याउन कुनै पनि तत्वहरुले बाधा पुर्याएको खण्डमा सो गैरकानुनी हुने सर्वविदितै रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
824SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?