National life

अर्थतन्त्रमा देखियो ढुलमुले तस्बिर : बचत बढ्दा लगानी भने सुस्त

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२० चैत २०८२, शुक्रबार
1.4kShares
अर्थतन्त्रमा देखियो ढुलमुले तस्बिर : बचत बढ्दा लगानी भने सुस्त
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको तथ्यांकले बाह्य क्षेत्र मजबुत हुँदै गएको संकेत दिएको छ। समीक्षा अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ९७ अर्ब ३ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। अमेरिकी डलरमा पनि चालु खाता बचत १ अर्ब ४६ करोडबाट बढेर ३ अर्ब ८८ करोड पुगेको छ।

त्यसैगरी, खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ४१ करोडको तुलनामा झन्डै दोब्बर हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शोधनान्तर स्थिति पनि उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो वर्ष ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको यो सूचक समीक्षा अवधिमा बढेर अझै मजबुत बनेको छ। अमेरिकी डलरमा शोधनान्तर बचत २ अर्ब २९ करोडबाट बढेर ४ अर्ब ६१ करोड पुगेको छ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा गरेको कर्जा प्रवाह पनि विस्तार हुँदै ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। यद्यपि कर्जा वृद्धिदर भने अपेक्षाकृत सुस्त देखिएको छ। समीक्षा अवधिमा कर्जा ४.४ प्रतिशतले मात्र बढेको छ, जुन अघिल्लो वर्षको ६ प्रतिशतको तुलनामा कम हो। वार्षिक विन्दुगत आधारमा भने कर्जा वृद्धि ६.७ प्रतिशत कायम रहेको छ।

पुँजी बजार विस्तार भए पनि योगदान घट्दो

पुँजी बजारको आकार र गतिविधि विस्तार भइरहे पनि यसको जीडीपीमा योगदान घट्दो देखिएको छ। समीक्षा अवधिमा बजार पुँजीकरणको हिस्सा ७९.५९ प्रतिशतबाट घटेर ७७.६९ प्रतिशतमा झरेको छ। यसले बजार विस्तार भए पनि अर्थतन्त्रको समग्र आकारसँग तुलना गर्दा यसको प्रभाव केही खुम्चिएको छ।

नेप्से सूचकाङ्क २८२०.४५ बिन्दुमा पुगेको छ, जुन अघिल्लो वर्षको २७३६.४९ बिन्दुभन्दा उच्च हो। धितोपत्र बजार पुँजीकरण ४ खर्ब ७४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। सूचीकृत कम्पनीहरूको संख्या पनि बढेर २८६ पुगेको छ, जसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको वर्चस्व कायम छ । कुल बजार पुँजीकरणको ५२.२ प्रतिशत हिस्सा यही समूहको छ।

क्षेत्रगत रूपमा जलविद्युत् कम्पनीहरूको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनी ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योग ७.२ प्रतिशत, व्यापारिक संस्था ४.४ प्रतिशत, होटल ३.१ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत रहेको छ।

यस अवधिमा ७० अर्ब ४६ करोड रुपैयाँ बराबरका विभिन्न धितोपत्र सूचीकृत भएका छन् भने धितोपत्र बोर्डले ३७ अर्ब १ करोड रुपैयाँ बराबरका नयाँ निष्कासनका लागि अनुमति दिएको छ। यसले बजारमा सक्रियता बढ्दै गएको देखाए पनि वास्तविक क्षेत्रसँगको समन्वय अझै चुनौतीपूर्ण रहेको संकेत गर्दछ।

कर्जा प्रवाहमा सुस्तता, संरचनामा परिवर्तन

निजी क्षेत्रमा कर्जा प्रवाह वृद्धि दर सुस्त देखिएको छ। कुल कर्जामध्ये ६२.७ प्रतिशत हिस्सा गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ रहेको छ भने ३७.३ प्रतिशत व्यक्तिगत तथा घरपरिवारतर्फ गएको छ। अघिल्लो वर्षको तुलनामा संस्थागत कर्जा केही घट्दा व्यक्तिगत कर्जामा सामान्य वृद्धि देखिएको छ।

संस्थागत आधारमा वाणिज्य बैंकहरू कर्जा विस्तारमा अगाडि छन्। उनीहरूको कर्जा ४.६ प्रतिशतले बढ्दा विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले मात्र वृद्धि भएको छ। धितो संरचनामा घरजग्गाको प्रभुत्व कायम छ, जहाँ कुल कर्जामध्ये ६३.८ प्रतिशत कर्जा घरजग्गा धितोमा आधारित छ। चालु सम्पत्तिमा आधारित कर्जा १५ प्रतिशत रहेको छ।

क्षेत्रगत रूपमा उपभोग्य क्षेत्रमा सबैभन्दा बढी १०.५ प्रतिशत कर्जा वृद्धि भएको छ। निर्माण क्षेत्रमा ८.८ प्रतिशत, यातायात तथा सञ्चार क्षेत्रमा ७.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ५.६ प्रतिशत र सेवा क्षेत्रमा १.८ प्रतिशत वृद्धि भएको छ। तर कृषि क्षेत्रमा २ प्रतिशत तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रमा २.७ प्रतिशतले कर्जा घटेको छ।

तरलता व्यवस्थापनमा कडाइ

यस अवधिमा नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनमा कडाइ गरेको देखिन्छ। कुल ३३ खर्ब ८० अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो।

विदेशी विनिमय बजारमार्फत राष्ट्र बैंकले ४ अर्ब ६५ करोड अमेरिकी डलर खुद खरिद गरी ६ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ तरलता प्रवाह गरेको छ। साथै २ अर्ब ६२ करोड अमेरिकी डलर बिक्री गरी ३ खर्ब ७४ अर्ब ३५ करोड रुपैयाँ बराबरको भारतीय मुद्रा खरिद गरिएको छ।

https://drive.google.com/file/d/1QaFdjtIj3XshSip_UYh7ZVi-I4vPwV8r/view?usp=sharing

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?