National life
cg eloctronics

अलबिदा’ लेखेका डाक्टर श्रेष्ठले भेटे गृहमन्त्री, सुनाए कार्यक्षेत्रको बेथिति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
608Shares
अलबिदा’ लेखेका डाक्टर श्रेष्ठले भेटे गृहमन्त्री, सुनाए कार्यक्षेत्रको बेथिति
ncell

काठमाडौं । रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्। आज बिहानै डाक्टर श्रेष्ठले परिवारसहित गएर मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटीमा भेट गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

भेटका क्रममा डा.श्रेष्ठले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे आफूले भोगेको गुनासो पोखेका थिए। श्रेष्ठको भनाई सुनिसकेपछि गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि सामना गरेर अघि बढ्न सुझाव दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डाक्टर श्रेष्ठले आफ्ना समस्याहरुका बारेमा गृहमन्त्रालयले चासो राखिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।

सोमबार सामाजिक संजालमा अलबिदा लेखेर सम्पर्कविहीन भएका उनलाई गृहमन्त्रालयको बिज्ञको टोली र प्रहरीले बालाजु क्षेत्रबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?