National life

आईएमई लाइफ इन्स्योरेन्सद्वारा जेष्ठ महिनामा मात्रै २ करोड बढी दाबी भुक्तानी 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
1.4kShares
आईएमई लाइफ इन्स्योरेन्सद्वारा जेष्ठ महिनामा मात्रै २ करोड बढी दाबी भुक्तानी 
ncell

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले जेष्ठ महिनामा मात्रै २ करोड बढी दाबी भुक्तानी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को जेष्ठ महिनामा मात्रै २ करोड १२ लाख ९९ हजार पाँच सय ५६ रुपैयाँ बराबर रकम दाबी भुक्तानी गरेको हो । कम्पनीले ८७ वटा बीमालेखहरु मार्फत उक्त दाबी रकम भुक्तानी गरेको हो ।

कम्पनीले जेष्ठ महिनामा २१ वटा कन्भेन्सनल पोलिसी मार्फत  ६ लाख २६ हजार ४ सय ९४ रुपैयाँ , ५७ वटा टर्म पोलिसी मार्फत ४९ लाख ८५ हजार ४ सय ६२ रुपैयाँ र ९ वटा वैदेशिक रोजगार बीमालेख मार्फत १ करोड ५ लाख रुपैयाँ गरी २ करोड १२ लाख बढी रकम दाबी भुक्तानी गरेको छ ।

छोटो समयमा ग्राहकहरूलाई झन्झटरहित सेवा प्रदान गर्दै आएको इन्स्योरेन्सले सधैँ बिमीतको सेवामा तत्पर रहेको उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?