National life

आईपीओ निष्कासन गर्नका लागि ३ कम्पनीले दिए आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ मंसिर २०८१, सोमबार
597Shares
आईपीओ निष्कासन गर्नका लागि ३ कम्पनीले दिए आवेदन
ncell

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबान)समक्ष आवेदन पेश गरेका छन् । जसमा दुईवटा जलविद्युत र एउटा लघुबीमा कम्पनी रहेका छन् ।

सेञ्चुरी इनर्जी लिमिटेडले मंसिर १४ गते, ह्याबिट्याट पावर कम्पनीले मंसिर २१ गते र लिबर्टी माइक्रो इन्स्योरेन्सले मंसिर २० गते आवेदन दिएका हुन् । सेञ्चुरी इनर्जीले स्थानिय र आम सर्वसाधारणका लागि प्रिमियम मूल्य प्रतिकित्ता २७५.११ रुपैयाँमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँबराबरका कुल ३ लाख कित्ताका लागि आवेदन माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यािपटल लिमिटेड रहेको छ ।

त्यस्तै,ह्याबिट्याट पावरले पनि स्थानिय बासिन्दा र आम सर्वसाधारणका लागि ११ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ११ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

लिबर्टी माइक्रो इन्स्योरेन्सले पनि २२ करोड ५० लाख रुपैयाँबराकरको रु.१०ण् अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?