National life

आगामी आ.ब.को बजेट तथा कार्यक्रमका लागि सुझाव माग,यसरी पठाउन सकिन्छ सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ चैत २०८१, मङ्गलबार
780Shares
आगामी आ.ब.को बजेट तथा कार्यक्रमका लागि सुझाव माग,यसरी पठाउन सकिन्छ सुझाव
ncell

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सरकारले नागरिकहरुबाट सुझाव मागेको छ ।

अर्थमन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२र८३ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी काम सुरुवात भइसकेकोले नागरिकहरुबाट समेत आवश्यक सुझाव मागिएको बताएको छ ।

आगामी आर्थिक वर्षकाको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना सुझावहरु आगामी २०८२ बैशाख मसान्तभित्र पठाउन भनिएको छ ।

आफ्ना अमूल्य सुझावहरु आगामी २०८२ बैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनुहुन विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकमा हार्दिक अनुरोध गरिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सूचनामा भनिएको छ ।

सुझावहरु अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा रहेको बजेट सुझावमार्फत तथा इमेलबाट समेत पठाउन सकिने व्यवस्था मिलाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
780SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?