National life

आजबाट दोस्रो बजारमा खुलेको सोनापुर मिनरल्स एन्ड आयलको सेयरमा नकारात्मक सर्किट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
475Shares
आजबाट दोस्रो बजारमा खुलेको सोनापुर मिनरल्स एन्ड आयलको सेयरमा नकारात्मक सर्किट
ncell

काठमाडाैं । सोनापुर मिनरल्स एन्ड आयलको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको पहिलो कारोबार आजबाट धितोपत्र दोस्रो बजारमा खुलेको हो। यो कम्पनीको आईपीओ गत कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको रेन्जभित्र स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३५० रुपैयाँमा सेयर किनबेच शुरु भएकोमा १० प्रतिशतले नकारात्मक सर्किट लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार तयार पार्दाको समयमा उक्त कम्पनीको सेयर प्रतिकित्ता ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। उक्त अवधिसम्ममा कम्पनीको ५९ लाख २ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।कम्पनीको सेयरमा बिक्री चाप अत्यधिक रहेको छ ।

कम्पनीको शेयरमा क्रेताभन्दा बिक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १४२.०१ रुपैयाँदेखि अधिकतममा ४२६.०३ रुपैयाँ तोकेको थियो।

https://aarthikvoice.com/archives/14423

 

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?