National life
cg eloctronics

आज अर्थ समिति सहित संघीय संसद् अन्तर्गत तीन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
468Shares
आज अर्थ समिति सहित संघीय संसद् अन्तर्गत तीन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
ncell

काठमाडौँ । बुधवार संघीय संसद् अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज फरक फरक समयमा बस्दै छ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

आज अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । उक्त बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक) ,२०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको २ बजे बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

साथै,आज सार्वजनिक लेखा समितिको ४१ औँ बैठक दिनको १ बजे बस्दै छ । सिंहदरबार बस्ने बैठकमा आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल गरिने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?