National life

आज प्रतिनिधिसभा बैठकबाट बजेट पारित गरिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
628Shares
आज प्रतिनिधिसभा बैठकबाट बजेट पारित गरिँदै
ncell

काठमाडौँ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

साथै, अर्थमन्त्री पौडेलले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसअघि बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?