काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८२/८३ को नयाँ बजेट कार्यान्वयनमा आएको छ । बजेट कार्यान्वयनमा आएसँगै आज भन्दा पछि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने भएका छन्। नयाँ बजेट कार्यान्वयनमा आएसँगै कर्मचारीहरूले पेन्सन नपाउने व्यवस्था पनि कार्यान्वयनमा आएको हो।
यो व्यवस्था आज भन्दा पछि नियुक्त हुने स्थायी सरकारी कर्मचारीहरूका लागि मात्रै लागू हुने छ ।
https://www.youtube.com/watch?v=P7U4DorPI9Q
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ । साथै, अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरिसकेको छ।
https://aarthikvoice.com/archives/65802


































