काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९ औं जन्मदिनको अवसरमा आगामी असार २३ गते आम नागरिकसँग सार्वजनिक रूपमा भेटवार्ता गर्ने भएका छन्।
पूर्वराजाको सचिवालयका अनुसार जन्मदिनको अवसरमा निर्मल निवासमा विशेष समारोह आयोजना गरिने छ। पूर्वराजाका संवाद सचिव डा.फणिराज पाठकका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
समारोहमा सर्वसाधारणको सहभागिता खुला रहने र सो अवसरमा उपस्थित सबैसँग पूर्वराजा शाहले शुभकामना आदानप्रदान तथा अभिवादन स्वीकार गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।






































