काठमाडौँ । इला होटल्स एण्ड रिसोट्र्सका होटलहरूमा एससीटी युपीआई कार्ड प्रयोगकर्ताहरूलाई १५% सम्मको छुट हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र इला होटल्सबीच सो सम्झौता भएको हो ।
यस सम्झौता पश्चात २०२५ जुन १ देखि २०२५ डिसेम्बर ३१ सम्म बागलुङ स्थित इला कमफर्ट र गैँडाकोट मौलाकालिका मन्दिरस्थित इला होटेल्स एंड रिसोर्टसमा उक्त कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५% छुट पाउनेछन् । रुम महसुलमा छुट पीओएस मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी-युपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-युपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।






































