National life
cg eloctronics

उपचारमा लापरवाही गरेको भन्दै ओम अस्पताललाई ५० लाख क्षतिपूर्ति तिराउने आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० जेठ २०८२, शुक्रबार
1.2kShares
उपचारमा लापरवाही गरेको भन्दै ओम अस्पताललाई ५० लाख क्षतिपूर्ति तिराउने आदेश
ncell

काठमाडौँ । उपभोक्ता अदालतले चाबहिलको ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश गरेको छ ।

उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा, सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपचारमा भएको लापरवाहीको मुद्दामा डाक्टरहरुलाई ६ लाख १० हजार रुपैयाँ तिराउन आदेश गरेको हो ।

उपभोक्ता अदालतले लापरवाहीबाट भएको कुल क्षतिको ८० प्रतिशत अस्पतालबाट र २० प्रतिशत चिकित्सकबाट तिराउनुपर्ने आदेश गरेको अदालतका स्रेस्तेदार शोभाकर खरेलले बताए ।

बाबुको उपचारमा लापरवाही भएको भन्दै वसन्त गौतमले ओम अस्पताल विरुद्ध मुद्दा दायर गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाथरुममा लडेका बाबुको अस्पतालमा उपचार गर्दा कुनै स्वास्थ्य परीक्षण पनि नगरी दुखाइ घटाउने इन्जेक्सन दिएको र त्यसैका कारण बाबुको मृत्यु भएको भन्दै गौतमले ५ करोड क्षतिपूर्ति दाबी गरेका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?