National life

एक सय पाँच जना यात्रु सवार विमान दुर्घटना, केही यात्रुको जीवित उद्धार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
1.2kShares
एक सय पाँच जना यात्रु सवार विमान दुर्घटना, केही यात्रुको जीवित उद्धार
ncell

एजेन्सी । काजकिस्तान स्थित अक्ताउ शहर नजिकै यात्रुवाहक विमान दुर्घटना भएको छ । उक्त विमान अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित थियो र बाकुबाट रुसको चेचेन्यास्थित ग्रोज्नीका लागि उडिरहेको थियो ।

रूसी समाचार एजेन्सीहरूका अनुसार ग्रोज्नीमा व्यापक कुहिरोका कारण अवतरण गर्न नसक्दा विमान अक्ताउतर्फ डाइभर्ट गरिएको थियो ।

एजेन्सीका अनुसार केही यात्रीहरू बाँच्न सफल भएको देशको आपतकालीन मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्रालयका अनुसार घटनास्थलमा लागेको आगो नियन्त्रणमा ल्याउन आपतकालीन सेवाहरू जुटिरहेका छन् ।

कजाख सञ्चारमाध्यमका अनुसार, विमानमा १०५ यात्रु र पाँच चालक दलका सदस्य सवार थिए । अजरबैजान एयरलाइन्सबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त हुन सकिरहेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?