National life
cg eloctronics

एघार महिनामा साढे ६० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति भित्रियो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
533Shares
एघार महिनामा साढे ६० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति भित्रियो ?
ncell

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले विभिन्न देशबाट साढे ६० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म ७१७ परियोजनामार्फत ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार जेठसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५६ अर्ब ७४ करोड तथा स्वचालित प्रणालीबाट ३ अर्ब ८६ करोड गरी कुल ६० अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उल्लेख छ । कुल लगानीको ५० प्रतिशत अर्थात् ३० अर्ब ४४ करोड ७७ लाख रुपैयाँ सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आवको ११ महिनाको अवधिमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ६६ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट ९टीटीए० स्वीकृत भएको विभागले जनाएको छ ।

विभागका अनुसार ११ महिनाको अवधिमा ७०२ वटा साना उद्योग, ९ वटा मध्यम र ६ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । ११ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १७ हजार २५५ जनाले रोजगारी पाउनेछन् । साथै, पर्यटन क्षेत्रमा ४० प्रतिशत अर्थात् २३ अर्ब ९४ करोड ४२ लाख ६० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । कृषि तथा वन पैदावार क्षेत्रमा एक अर्ब ४४ करोड ६० लाख रुपैयाँ , उत्पादनमूलक क्षेत्रमा तीन अर्ब १२ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

सूचना प्रविधिमा एक अर्ब ९७ करोड ३९ लाख, ऊर्जा क्षेत्रमा दुई करोड ५५ लाख र पूर्वाधारमूलक क्षेत्रमा पाँच करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै ७०२ साना उद्योग, नौ मझौला र छ वटा ठुला उद्योग रहेका छन् । सुरुदेखि हालसम्म सात हजार ११६ उद्योगमा पाँच खर्ब ९० अर्ब ३५ करोड १९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको जेठमा मात्रै साढे ३ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० प्रतिबद्धता आएको छ। १४१ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो । यसैबिच नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा साढे १० अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । साउनदेखि वैशाखसम्म १० अर्ब ६० करोड वैदेशिक लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा सात अर्ब पाँच करोड रुपियाँ लगानी भित्रिएको थियो ।

गत आवको तुलनामा तीन अर्ब ५५ करोड रुपियाँ बढी भित्रिएको तथ्याङ्कले देखाएको छ । नीतिगत सुधारले लगानी प्रतिबद्धता रकमसँगै नेपालमा भित्रिने रकमसमेत बढेको तथ्याङ्कले देखाएको छ । यस्तै १० महिनामा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा पाँच अर्ब २६ करोड खुद पुँजीगत ट्रान्सफर भएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?