National life
cg eloctronics

एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणको निष्काशन सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ भदौ २०८२, मङ्गलबार
369Shares
एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणको निष्काशन सम्पन्न
ncell

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापकको रूपमा संचालन गरेको एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किमको पहिलो चरण अन्तर्गत बीज पूँजीसहित रु। १० अंकित दरका ५ करोड इकाई मिति २०८२ साउन २९ देखि २०८२ भदौ १२ सम्म सार्वजनिक रूपमा बिक्री खुला गरेको थियो।

सो क्रममा कुल ८२ हजार ८२८ जना आवेदकले ७ करोड ४० लाख ३१ हजार ६०० रुपैयाँ बराबरका इकाई खरिद गर्न आवेदन दिएका थिए । जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा करिब १.४८ गुणा बढी हो। यद्यपि, ९१ आवेदकबाट प्राप्त १४,६०० इकाई रितपूर्वक नभएकोले बाँडफाँडमा समावेश नगरी कुल ८२,७३७ आवेदकको रितपूर्वक माग अनुरूप ७ करोड ४० लाख १७ हजार रुपैयाँ बराबरका इकाई बाँडफाँड गरिएको छ। बाँडफाँड मिति २०८२ भदौ १६ गते सोमबार, दिउँसो ४ः३० बजे निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय, थापाथली, काठमाडौंमा सम्पन्न भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पहिलो चरणमा ५ करोड इकाई बिक्रीका लागि आवेदन आह्वान गरिएको भए पनि, नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाका लागि बीज पूँजीसहित रु. १ अर्ब बराबरको १० करोड इकाई बिक्री गर्न अनुमति प्राप्त भएको छ। बोर्डको स्वीकृत विवरणपत्र अनुसार अधिकतम बिक्री गर्न सकिने इकाई बीज पूँजीसहित रु. १ अर्ब रहेको हुँदा रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई प्रचलित “धितोपत्र बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा राखी मागअनुसारको इकाई बाँडफाँड गरिएको छ।

एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किम खुलामुखी योजना भएकाले बाँडफाँड भएको मितिबाट तीन महिनाभित्र योजनाको इकाई पुनः खरिद, बिक्री र रजिष्ट्रेशन गर्न मिल्ने गरी नियमित कारोबार सञ्चालनमा ल्याउने योजना रहेको छ।

यस निष्काशन कार्यमा सहयोग गर्ने नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड, सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, सञ्चारकर्मी, सम्बन्धित निकाय र शुभचिन्तक, साथै इकाई खरीदका लागि आवेदन दिने सबै आवेदकप्रति एनआईसी एशियाले हार्दिक आभार व्यक्त गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
369SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?