National life
cg eloctronics

एनआईसी एशिया क्यापिटलद्वारा ५० प्रतिशत नगद लाभांश पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
503Shares
एनआईसी एशिया क्यापिटलद्वारा ५० प्रतिशत नगद लाभांश पारित
ncell

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो नवौंं वार्षिक साधारण सभा सम्पन्न गर्दै ५० प्रतिशत नगद लाभांश पारित गरेको छ।

बुधबार थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको हो।

सभामा सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाखभन्दा बढी आम्दानी र ११ करोड ६४ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको जानकारी दिए।

उनका अनुसार आषाढ मसान्तसम्म ८ लाख डिम्याट खाता खोलिएको छ भने म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी गरी ५ योजना सञ्चालन गर्दै ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिएको छ। लगानी व्यवस्थापन सेवामा ७२० ग्राहकबाट २ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर रजिष्ट्रार सेवा अन्तर्गत २३ कम्पनीलाई सेवा दिइरहेको क्यापिटलले हालसम्म १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको जानकारी पनि सभामा दिइयो।

कम्पनीले यसअघि सम्म आफ्ना शेयरधनीलाई कुल २९० प्रतिशत बराबरको लाभांश वितरण गरेको जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?