National life
cg eloctronics

एनसेलको मनसुन बिजनेस अफर सार्वजनिक, वार्षिक सेवामा छुट र बन्डल सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
567Shares
एनसेलको मनसुन बिजनेस अफर सार्वजनिक, वार्षिक सेवामा छुट र बन्डल सुविधा
ncell

काठमाडौँ । एनसेलले साना तथा मझौला उद्यमी, कर्पोरेट र पोस्टपेड ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ‘मनसुन बिजनेस अफर’ सार्वजनिक गरेको छ। कम्पनीले “बिज सधैं अन” योजनाअन्तर्गत वार्षिक सदस्यता लिने ग्राहकलाई थप छुट र सेवासुविधा दिने बताएको छ।

यो अफर अनुसार “बिज सधैं अन ३९९” वा “बिज सधैं अन ६४९” योजनामा १० महिनाको शुल्क तिर्ने ग्राहकले १२ महिनासम्म सेवा पाउनेछन् । यस्तै ३९९ प्लानमा मासिक १० जीबी डेटा, ४०० मिनेट लोकल टक टाइम र ४०० एसएमएस उपलब्ध हुनेछ। त्यस्तै, ६४९ प्लानमा ३० जीबी डेटा, अनलिमिटेड लोकल टक टाइम र ६५० एसएमएस पनि प्रदान गरिने एनसेलले विज्ञप्तिमा उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार बन्डल अफर अन्तर्गत तीन मोबाइल नम्बरमा वार्षिक सदस्यता लिँदा एउटा नम्बरमा ६ महिनाको सेवा निःशुल्क हुनेछ। पाँच नम्बरका लागि लिँदा दुई वटा नम्बरमा ६ महिनासम्म सेवा निःशुल्क दिइने व्यवस्था छ।

एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले यो अफरले व्यवसायिक प्रयोगकर्तालाई कम खर्चमा वर्षभर सेवा प्रयोग गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

यसका साथै सीमित अवधिका लागि एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा विशेष छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ। इच्छुक ग्राहकले कम्पनीको वेबसाइटमार्फत कलब्याक अनुरोध गर्न सक्नेछन्।

मासिक योजना लिएका ग्राहकले पनि आफूलाई वार्षिक योजना तथा बन्डल अफरमा अपग्रेड गर्न सक्नेछन्। यी योजनासँगै ग्राहकले लायन्सगेट प्ले तथा सेयर बजार विश्लेषण गर्ने ‘मेरो लगानी’ एपको पहुँच पनि पाउने छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?