National life
cg eloctronics

एफएओ कन्फ्रेन्समा सहभागी हुन परराष्ट्र मन्त्री आरजु राणा इटाली प्रस्थान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
493Shares
एफएओ कन्फ्रेन्समा सहभागी हुन परराष्ट्र मन्त्री आरजु राणा इटाली प्रस्थान
ncell

काठमाडौँ। परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन् । मन्त्री राणा इटालीको रोममा जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।

उनले सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा अस्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सम्मेलनपश्चात् मन्त्री राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?