National life
cg eloctronics

"कजारियासँगै गृहप्रवेश, घुमौं देश विदेश” योजना सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ भदौ २०८२, मङ्गलबार
1.1kShares
"कजारियासँगै गृहप्रवेश, घुमौं देश विदेश” योजना सार्वजनिक
ncell

काठमाडौँ । कजारिया टायल्सले “कजारियासँगै गृहप्रवेश, घुमौं देश विदेश” नामक नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत द्ययबत स्मार्टवाच जित्ने मौका पाउनेछन्। साथै, बम्पर उपहारको रूपमा केही भाग्यमानी जोडीहरूले सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज जित्न सक्नेछन्।

यस योजनामा सहभागी हुन ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा १,००० वर्गफिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ। १,००० वर्गफिट भन्दा बढी खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्र मार्फत स्मार्टवाच जित्न योग्य हुनेछन्। योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कजारिया रामेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “यो योजना हाम्रो ग्राहकहरूको विश्वासप्रति धन्यवाद व्यक्त गर्ने माध्यम हो। ग्राहकहरूले हाम्रो नजिकैको डिलरमा पुगेर टायल्स छनोट गरी योजनामा सहभागी हुन सक्नेछन्।”

कजारिया रामेश टायल्स लिमिटेडले नेपालमै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ। कम्पनीले विश्वस्तरीय मापदण्ड अनुसार तयार गरिएका ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू उपलब्ध गराउँछ। नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलर नेटवर्कसहित कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा परिचित नाम बनेको छ।

कम्पनीले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०*१२० सेमी, ६०*६० सेमी, १९.५*१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०*४० सेमी) र सिरामिक वाल टाइल्स ९३०ह६० सेमी, ३०ह४५ सेमी० उपलब्ध गराउँछ। यी टाइलहरू जलप्रतिरोधी र दाग प्रतिरोधी छन्, जसले टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्छ।

गुणस्तर, टिकाउपन र नवीन डिजाईनमा केन्द्रित रहँदै, कजारियाले नेपालमा आधुनिक घर सजावटका लागि विकल्पहरू बढाउँदै आएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?