काठमाडौं। कर्मचारीको उमेरहद सम्बन्धमा सरकारले राखेको संशोधन प्रस्ताव फिर्ता भएको छ । संसदीय समितिमा सत्तापक्षबाट राखिएको उक्त प्रस्ताव फिर्ता भएको हो।
अब यो फिर्तासँगै प्रतिनीधि सभाबाट पास भएको विषय नै लागु हुने भएको छ। जस अनुसार, दुई आर्थिक वर्षपछि सबै कर्मचारी ६० वर्ष उमेर हदबाट अवकाश पाउने छन् ।
यस अगाडि राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिमा प्रतिनीधि सभाबाट पास भएको विषयलाई संशोधन गर्ने भनिएको थियो । निजामती सेवा ऐन नयाँ लागु भएको आर्थिक वर्षमा कर्मचारीहरु अहिलेकै व्यवस्था अनुसार अवकाश पाउने छन्। त्यो भनेको ५८ वर्ष नै हुने छ ।
दोस्रो आर्थिक वर्षमा कर्मचारीहरु ५९ वर्षमा अवकाश पाउने छन्। भने त्यसपछि सबै निजामति कर्मचारी ६० वर्षको उमेरहहदबाट अवकाश पाउने छन् ।






































