काठमाडौँ। नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा करिब ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंक वित्त व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँमध्ये वाणिज्य बैंकहरुमा ३ अर्ब ४४ करोड, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ६४ करोड ५० लाख र राष्ट्रियस्तका वित्त कम्पनीहरूमा २१ करोड ५० लाख रुपैयाँ मुद्धति निक्षेपमा राख्न छुटाइएको छ।
तोकिएको सर्त पूरा गरेका बैंक तथा वित्त कम्पनीहरूले वैशाख ६ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिनुपर्ने जनाएको छ।
राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषको पैसा मुद्धतिमा राख्ने बैंक तथा वित्त कम्पनी सञ्चालनमा आएको २ वर्ष पूरा गरेको, न्यूनतम पुँजी कोष कायम गरेको, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात कायम गरेको, अघिल्लो आर्थिक वर्ष खुद नाफा कमाएको, खुद तरल सम्पत्ति कायम गरेको, समस्याग्रस्त संस्था घोषणा नभएकोलगायत सर्त कायम गरेको छ ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/04/Pension-and-Gratuity-fund-investment.pdf"]
































