National life

किन बढ्दैछ बीमामा पोलिसि सरेण्डर गर्ने प्रवृति? यस्तो छ बीमाविज्ञको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
697Shares
किन बढ्दैछ बीमामा पोलिसि सरेण्डर गर्ने प्रवृति? यस्तो छ बीमाविज्ञको भनाई
ncell

काठमाडौं । जीवन बीमा कम्पनीहरूमा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको सङ्ख्यामा बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्ममा मात्रै ६ अर्ब बढीको बीमा पोलिसी सरेण्डर भएको देखिन्छ ।

मङ्सिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमार्फत ४५ हजार ६० वटा बीमा पोलिसी बापत ६ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको तथ्याङ्क प्राधिकरणको छ ।

यस्तै चालु आर्थिक वर्षको मङ्सिरमा मात्रै पनि ११ हजार ७ सय ९३ वटा बीमा पोलिसी बापत १ अर्ब ९३ करोड रुपैयाँ बरावरको बीमा पोलिसी सरेण्डर भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमालेख सरेण्डर गर्ने प्रवृति नेपालमा मात्रै नभई संसारभरि नै छ । हाल देशमा देखिएको आर्थिक मन्दी तथा बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्नुले पनि पोलिसी सरेण्डर हुने गरेको बीमा बिज्ञहरुले बताउने गरेका छन् ।

ठुलो मात्रामा बीमा पोलिसी सरेण्डर हुँदै गर्दा यस विषयमा नियमनकारी निकाय बीमा प्राधिकरणले छुट्टै अनुसन्धान गर्नुपर्नेमा उनीहरुको जोड छ ।

बीमा विज्ञ डा. रबिन्द्र घिमिरे पनि यो कुरामा सहमत देखिन्छन् । आर्थिक भ्वाइससँग संक्षिप्त कुराकानी गर्दै डा. घिमिरेले भने, ‘कस्तो खालका पोलिसि बढी सरेण्डर भइरहेका छन्, नयाँ वा पुराना कुन कम्पनीको पोलिसि बढी सरेण्डर भइरहेको छ, अथवा सानो वा ठुलो कुन रकमका पोलिसि सरेण्डर भएको छ भन्नेजस्ता कुराहरूको बैज्ञानिक अध्ययन हुनु जरुरी छ ।’

यस्तै बीमा पोलिसि बिक्रीमै समस्या रहेको कारणले गर्दा सरेण्डर हुने क्रम बढेको हुनसक्ने उनको भनाई छ ।

‘बीमा पोलिसि बिक्रीमै समस्या छ । अभिकर्ताहरूले गर्ने काउन्सिलङमा पनि समस्या नै देखिन्छ । यस्तै आफ्नो आर्थिक हैसियत भन्दा साना वा ठुला रकमका पोलिसि किन्दा पनि सरेण्डर हुने क्रम बढ्छ ।’ डा. घिमिरेले भने ।

बीमा कम्पनीहरूले विश्वास दिलाउन नसक्दा र पछिल्लो समय देखिएको आर्थिक मन्दी तथा टार्गेट पुरा गर्ने नाममा पोलिसि किनबेच गर्नेजस्ता धेरै कारणले पनि पोलिसि सरेण्डर हुने गरेको उनको भनाई छ । बीमा सरेण्डर गर्न पाउने अवधि र बीमाको पोलिसीमा नै केही समस्या देखिएको अवस्था सरेण्डर धेरै हुने गरेको आफ्नो अनुमान रहेको उनी बताउँछन् ।

बीमा सरेण्डर बढ्नु कुनै बीमा कम्पनीहरू वा अभिकर्ता सबैको लागि राम्रो सङ्केत नभएको उनको भनाई छ ।

यस्तै बिमितको आर्थिक अवस्थाको सही मूल्याङ्कन गरेर, उनीहरूलाई बिमाको बारेमा राम्रोसँग बुझाएर मात्रै पोलिसि बेचेमा सरेण्डर हुने समस्या कम हुनसक्नेमा उनले जोड दिएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?