National life

मःम खादै हुनुहुन्छ ? राजधानीभित्रकै ८८ प्रतिशत मःम पसलमा भेटिए यस्ता कैफियत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ मंसिर २०८१, आइतबार
1.2kShares
मःम खादै हुनुहुन्छ ? राजधानीभित्रकै ८८ प्रतिशत मःम पसलमा भेटिए यस्ता कैफियत
ncell

काठमाडौँ । काठमाडौं महानगरले दैनिक उपभोग्य बस्तु र खाद्य बस्तुको अनुचित विक्री वितरण रोक्न नियमित अनुगमन गर्ने क्रममा महानगर भित्रकै मःम पसलहरुमा विभिन्न कैफियत भेटिएको जनाएको छ ।

अनुगमनका क्रममा महानगरभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले गत कार्तिक २९ गतेदेखि सुन्धारा, न्युरोड, मखन, त्यौड, कलमपोखरीमा गरेको अनुगमनमा यस्तो भेटिएको हो ।

सो अनुगमनमा ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४५) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससँगै ६६ वटा (७७.६५५) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ । १८ वटा (२१.१८५) व्यवसाय दर्ता नै भएका छैनन् ।

उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर छ । भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेको भेटिएको छ । मसला राख्ने भाँडा फोहर,भान्छाको भुईँमा पानी जमेर फोहर भेटिएको महानगरको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी डस्टविनको उचित प्रयोग नभएको, पकाएका खानेकुरा खुला राख्ने गरिएको, मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको भेटिएको महानगरको प्रतिवेदनमा उल्लेख गरिएको छ । पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको र किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ ।

त्यस्तै फ्रिज सफाइ नगरी फ्रिजमा अटुन्जेल सामान कोचेर राखिएको, त्यहाँ राखिएको अचार र मसलामा लेवल नराखिएको भेटिएको छ । मसला राख्ने भाँडा, मःम बनाउने टेबल र मेसिन, भाँडा माझ्ने ठाउँ फोहर भेटिएको छ । व्यक्तिगत सामान भान्छामा राखिएको, मूल्य सूची नराखिएको लगायतका कमजोरी अधिकांश मःम पसलमा पाइएको छ ।

यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रूपमै निर्देशन र सुझाव दिने गरेको छ । सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरूलाई सुधारका लागि निर्देशन दिइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?