National life

गत आर्थिक वर्षमा ५९ हजार भन्दा बढी घटना दर्ता, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ साउन २०८२, शुक्रबार
508Shares
गत आर्थिक वर्षमा ५९ हजार भन्दा बढी घटना दर्ता, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी
ncell

काठमाडौँ। आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व.२०८१/०८२ मा अपराधजन्य घटनाहरूमा वृद्धि भएको प्रहरी महानिरीक्षक दीपक थापाले बताएका छन् । आज (शुक्रवार) को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महानिरीक्षक थापाले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको जानकारी दिएका छन् ।

Royal Enfield
nic asia capital

थापाका अनुसार २०८०/०८१ को असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो। भने आ.व.२०८१/०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन्। सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौँ उपत्यकामा नै दर्ता भएको र कुल मुद्दामध्ये काठमाडौँ उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ।

त्यसपछि सबैभन्दा धेरै मधेस प्रदेश र कोशी प्रदेश रहेको छ । कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन्।महानिरीक्षक थापाले भने ‘अपराधको वर्तमान अवस्थाको कुरा गर्दा गत वर्षको २०८०/०८१ को असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो। अहिले ५९ हजार २ सय ४ घटना दर्ता भएको छ। गत वर्ष भन्दा झन्डै १.२४ प्रतिशतले अहिले कसुरको मात्रा र मुद्दा बढेको अवस्था देखिन्छ । केही मुद्दाहरू देवानी टाइपका पनि छन् ।'

सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं भ्याली नै हो। ५९ हजार २ सय ४ मुद्दामा १६ हजार १ सय ७२ मुद्दा यहीँ नै छन् । त्यसपछि मधेस प्रदेश र कोशी प्रदेशमा बढी छन् । कर्णाली प्रदेशमा कम छन्।

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?