National life

गभर्नरको दौडधुपमा उच्च राजनीतिक घरानादेखि प्रखर बैंकरसम्म, कसको सम्भावना कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ पुस २०८१, आइतबार
1.1kShares
गभर्नरको दौडधुपमा उच्च राजनीतिक घरानादेखि प्रखर बैंकरसम्म, कसको सम्भावना कति ?
ncell

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल सकिन चानचुन तीन महिना बाकी छ । २०७६ चैत्र २४ गतेका दिन पद बहाली गरेका अधिकारीको चैत्र महिना लागेसँगै कार्यकाल सकिन लागेको हो ।

गभर्नर अधिकारीको कार्यकाल सकिन लागेसँगै आगामी गभर्नरका रूपमा को आउलान् भन्ने आम नागरिकको प्रश्न बनेको छ । तीन करोड बढी नागरिकको साझा बैंक केन्द्रीय बैंकको कसको नेतृत्व रहला भनेर चासो जाग्नु स्वाभाविक विषय पनि हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो आफैमा कार्यकारी पद भएको कारणपनि गभर्नर बन्नका लागि विभिन्न उच्च पदस्थ व्यक्तिहरू कसरतमा रहेको देखिएको छ ।

ग्राहकका हित संरक्षण गर्ने वा संस्थागत सुशासन कायम गर्ने , जोखिम बहन गर्ने वा वित्तीय आवश्यकता पुरा गर्ने यी सबै प्रश्न सिधै केन्द्रीय बैंकको गभर्नरसँग आएको ठोकिने गर्दछ । उसो त एकातिर आगामी गभर्नरको भूमिका र कार्यशैली कस्तो रहने भन्ने चियोचर्चा चलिरहेको छ भने अर्कोतर्फ नेतृत्वमा को आउँछन् भन्ने चर्चा कायम छ ।

पहिलो विषय त केन्द्रीय बैंक सञ्चालनका लागि आवश्यक पर्ने गभर्नर दक्ष हुन स्वाभाविक रूपमा आवश्यक छदैछ । त्यो सँगै केन्द्रीय बैंक, बैंकहरुको समेत बैंक भएको र सिंगो बैंक बित्तीय संस्थाको नियामक निकाय भएको कारणपनि आम मान्छेको चासो हुनु स्वाभाविक हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर नियुक्ति लागि एक सिफारिस समिति गठन हुनुपर्ने उल्लेख गरिएको छ ।सरकारले गठन गरेको समितिले ३ जनाको नाम सिफारिस गरेसँगै सिफारिस गरिएका मध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।

त्यसका साथै, आवेदन माग गरेर ३ जनाको नाम छनोट गर्ने कि दाबेदार र सक्षम व्यक्ति सिधै पहिचान गरेर मन्त्रिपरिषदमा नाम पठाउने भन्ने अधिकार समितिलाई नै दिइएको हुन्छ । समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने ३ नाममध्ये एक जना केन्द्रीय बैंकका २ डेपुटी गभर्नरमध्ये १ हुनुपर्ने व्यवस्था छ ।

गभर्नर पदमा नियुक्त गर्न तीन जनाको नाम सिफारिस हुने व्यवस्था रहेपनि आकाङ्क्षीको लाइन भने लामै हुने गर्दछ । सोही अनुसार गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्दा आगामी गभर्नरको सपना देखेर नेता देखि मन्त्रीसम्म धाउनेको संख्या दैनिक रूपमा बाक्लिँदै गएको छ ।

राष्ट्र बैंकको गभर्नर प्रशासन क्षेत्रमा आकर्षक पद मानिन्छ । सरकार ढुकुटी रहने  राष्ट्र बैंकको गभर्नरले नयाँ जारी हुने नोटमा हस्ताक्षर गर्नुपर्दछ । यसकारण पनि केही व्यवसायीक घरानाका मान्छे यो पदका लागि लोभिएको बुझिएको छ । राजनीतिक नेतृत्वमा घरघरमा यतिबेला आकाङ्क्षीहरू दौडधुप गरिरहेका छन्। यो दौडधुपमा व्यवसायी देखि बैंकरसम्मको उपस्थिति देखिएको छ ।

यी हुन आकांक्षी

बमबहादुर मिश्र / नीलम ढुंगाना

यी दुई नाम सिफारिस सूचीमा पर्ने लगभग पक्कापक्की जस्तो देखिएको छ ।  तीन जना मध्येमा एक जना डेपुटी गभर्नर हुनुपर्ने व्यवस्था भएको कारण पनि यी दुवै डेपुटी गभर्नरबाट एक जना सिफारिसमा पर्ने सम्भावना बढेको छ । डेपुटी गभर्नरद्वय मिश्र र ढुंगाना गभर्नरको बलियो दाबेदारका रूपमा देखिएका छन् ।

रामेश्वर खनाल

पूर्वअर्थसचिव तथा हाल उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजक समेत रहेका खनालसँग पनि गभर्नरका दौडमा छन्। खुला बजार अर्थतन्त्रको पक्षधर खनाल अर्थतन्त्रका विविध पाटाको राम्रो जानकार मानिन्छन्।

चिन्तामणी शिवाकोटी

हाल केन्द्रीय बैंकका सञ्चालक तथा राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर समेत रहेका शिवाकोटी यस अगाडि नै गभर्नरको आकांक्षी देखिएका थिए ।  उनी सिफारिसमा समेत परेका थिए । एमाले निकट रहेका देखिएका शिवाकोटी यस पटक गभर्नरका बलिया दाबेदारका रूपमा देखिएका छन् ।

राजनसिंह भण्डारी

पूर्वबैंकर तथा केन्द्रीय बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका  भण्डारी राष्ट्र बैंकसँगै वित्तीय क्षेत्रको ज्ञान र अनुभवले निपुण मानिन्छन् । त्यति विधि नखुलेका भण्डारी आन्तरिक रूपमा गभर्नरको रेसमा अभ्यासरत भएको बुझिएको छ । कांग्रेस पृष्ठभूमिका भण्डारी बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी पात्र हुन् ।

रवीन्द्र पाण्डे

नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक तथा वर्तमान सञ्चालक रवीन्द्र पाण्डे नेपाली कांग्रेस निकट हुन् । सत्ता साझेदारको सरकार भएको कारण पाण्डेलाई बलियो दाबेदारको रूपमा हेरिएको छ ।

लालशंकर घिमिरे

पूर्वराजस्व सचिव समेत रहेका घिमिरे यस पटक बलियो दाबेदारका रूपमा देखिएका छन् । उनी अघिल्लो पल्टै आकांक्षीका रूपमा देखिएका थिए ।  घिमिरे यसअघि केपी ओली प्रधानमन्त्री रहँदा आर्थिक सल्लाहकार का रूपमा काम गरेका थिए ।

डा.प्रकाश कुमार श्रेष्ठ

राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ गभर्नरको रेसमा निकै अब्बल भएको चर्चा चुलिएको छ । अर्थमन्त्री विष्णु पौडेल निकट रहेको श्रेष्ठले  एमाले महासचिव शंकर पोखरेल हुँदा प्रदेश योजना आयोग उपाध्यक्षका रूपमा काम गरेका थिए ।

डा.गुणाकर भट्ट

भट्ट पनि राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । गर्भनरको रेसमा रहेका भट्टले यो विषयमा बाहिर केही नभनेको भएपनि आन्तरिक अध्यासमा रहेको बुझिएको छ ।

देवकुमार ढकाल

उच्च घरानाको छत्रछायामा रहेका ढकाल बलिया प्रत्याशी हुन्। डेपुटी गभर्नरमा समेत चर्चा रहेका ढकाल एमाले निकट मानिन्छन् ।

ज्ञानेन्द्र ढुंगाना

गभर्नर बन्ने चर्चामा रहेका उद्यमी व्यसायी राजनितीज्ञ सहित बैंकरहरु समेत रहेका छन् र त्यसमध्येमा एक बैंकर नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि हुन् । नेपाली कांग्रेस निकट रहेका ढुंगाना राजनीतिक घराना भित्र पनि पर्दछन् ।

अशोक शेरचन

गभर्नरको चर्चामा रहेको अर्को बैंकरमा शेरचन समेत हुन् प्रभु बैंकका सीईओ शेरचन एमाले निकट मानिन्छन् । बैंकरहरुको जमघटमा होस् वा चिया चौतारीमा शेरचन गभर्नरको दाबेदार बन्ने चर्चा चुलिँदै भएको छ । यद्यपि यो विषयमा भने उनले आजसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

किरण कुमार श्रेष्ठ

गभर्नरको रेसमा रहेका पूर्व बैंकर श्रेष्ठको पनि चर्चा बाहिरिएको छ । राष्ट्रिय वाणिज्य बैंकमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पुरा गरिसकेका श्रेष्ठ सम्भावित र बलिया दाबेदार मध्येको एक हुन् ।

सुशील भट्ट

गभर्नरकै रेसमा अगाडि देखिएका भट्टको चर्चा समेत चुलिन थालेको छ । लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत र विभिन्न संस्थामा नेतृत्व गरिसकेका भट्ट अब्बल दाबेदारका रूपमा चर्चामा छन् ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्च नैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था  गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?