National life

गभर्नर अधिकारीको एक वर्षको तलब १६ लाख ३२ हजार, बैठक भत्ता कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ मंसिर २०८१, बुधबार
798Shares
गभर्नर अधिकारीको एक वर्षको तलब १६ लाख ३२ हजार, बैठक भत्ता कति?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८०–८१ मा एक वर्षमा १६ लाख ३२ हजार तलब बुझेका छन् ।

यस्तै उनले यो एक वर्षको अवधिमा मात्रै भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ बुझेका छन् ।

राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नरले ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता लिएका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर, डेपुटी गभर्नर अर्थसचिव र ३ जना अन्य सदस्य हुन्छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवमा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार रुपैयाँ तलब लिएकी छन् ।

यस्तै उनले सञ्चालक समितिको बैठक भत्तावापत २ लाख ९७ हजार बुझेको प्रतिवेदनमा उल्लेख छ । ४५ लाख ५८ हजार रुपैयाँ भने अन्य भत्ता लिएको प्रतिवेदनमा जनाइएको छ ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार बुझेका छन् ।

उनले तलबको रुपमा १४ लाख ६० हजार ४०० रुपैयाँ बुझ्दा सञ्चालक समितिको बैठक भत्ताका रुपमा ३ लाख १५ हजार पाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?