National life

गभर्नर नियुक्तिमा जुट्यो सहमति, मिल्यो हात : कांग्रेसको पोल्टामा निश्चित,देउवाले दिए नाम 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ वैशाख २०८२, बिहिबार
674Shares
गभर्नर नियुक्तिमा जुट्यो सहमति, मिल्यो हात : कांग्रेसको पोल्टामा निश्चित,देउवाले दिए नाम 
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रियामा ढिलासुस्ती भएसँगै सरकारको चर्को विरोध भइरहेको समयमा प्रधानमन्त्री ओलीले चासो देखाएका छन् । सरकारले समयमै तयारी गरी गभर्नर नियुक्ति प्रक्रिया नथालेका कारण अहिले मुलुक नेपाल राष्ट्र बैंकको गभर्नरविहीन भएको जानकारहरूको भनाइ छ ।

गत चैत २४ गते नै गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिए पनि सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न सकेको छैन, निलम ढुङ्गानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चर्को विरोधको सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गभर्नरको नाम दिन आग्रह गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
देश गम्भीर आर्थिक चुनौतीको सामना गरिरहेको बेलामा केन्द्रीय बैंकको नेतृत्वविहीन अवस्थाले अर्थतन्त्र थप अन्योलमा पर्ने देखिएको भन्दै चौतर्फी विरोध भएको कारण यस विषयमा प्रधानमन्त्री ओलीले चासो देखाएका हुन् ।

गभर्नर नियुक्ति प्रक्रिया लम्बिनुको पछाडि सिधै आर्थिक लेनदेन र गुटगत स्वार्थ जोडिएको आरोप सार्वजनिक रूपमा उठिरहेको समयमा गभर्नर नियुक्तिलाई लिएर सत्तारूढ दलहरूभित्र मतभेद सृजना भएको समेत आरोप लाग्दै आइरहेको छ। प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबिच गभर्नर नियुक्तिका लागि आ–आफ्ना स्वार्थअनुसार उम्मेदवार अघि सारिएको देखिए पनि अन्ततः कांग्रेसको कोल्टामा गभर्नर निश्चित जस्तै भएको छ ।

सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित समितिसमेत गठन गरे राजनीतिक तहमा कुरा नमिल्दा यो समितिको बैठक नै बस्न सकेको थिएन।

मङ्गलवार प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएर नयाँ बन्ने गभर्नरको विषयमा संवाद गरेको जनाएका छन् । स्रोतका अनुसार उनीहरूबीचच करिब एक घण्टा भएको कुराकानी भएको हो । प्रधानमन्त्री ओलीले सोही दिन मात्रै सभापति देउवासँग गभर्नरको नाम सिफारिस गर्न सभापति देउवालाई आग्रह गरेका थिए।

सभापति देउवाले राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर बनाउने मन अगाडि सारेको स्रोतले जनाएको छ । लामो समयसम्म प्रधानमन्त्री ओली र सभापति देउवाबीच कसले गभर्नरको नाम दिने भन्ने मतभेदका बिच मङ्गलवारको बालुवाटार बैठकले निर्णायक तहमा पुर्‍याएको हो । यद्यपि अझैसम्मपनि नाम सार्वजनिक भने हुन सकेको छैन।

यसबिचमा गभर्नर नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डसमेत संशोधन गरिएको थियो। यसविरूद्ध सर्वोच्चमा रिट पर्‍यो। गभर्नर नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएको विरूद्ध परेको रिटमा सर्वोच्चले वैशाख २ गते अल्पकालीन अन्तरिम आदेश दिएको छ।

गुणाकर भट्ट सभापति देउवाले गभर्नरका लागि नाम दिएका गुणाकर भट्टले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्। साथै कांग्रेस नेता प्रकाश शरण महत अर्थमन्त्री हुँदा भट्ट सल्लाहकार पनि थिए। अब उपप्रधानमन्त्री पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। ती नाममध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्नेछ। सभापति देउवाले भट्टको नाम दिएकोले उनी नै गभर्नर नियुक्त हुने सम्भावना छ तर सिफारिस समितिबाट प्रक्रिया अघि बढ्नुपर्ने भएकोले केही दिन समय लाग्ने देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?