National life

गभर्नर पद कांग्रेसको पोल्टामा निश्चित: तीन दाबेदार मध्येबाट कसले मार्ला बाजी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ चैत २०८१, बुधबार
712Shares
गभर्नर पद कांग्रेसको पोल्टामा निश्चित: तीन दाबेदार मध्येबाट कसले मार्ला बाजी ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा भएसँगै गभर्नरका आकांक्षीहरुले करिब एक महिना अगाडिदेखि दौडधुप  सुरु गरिसकेका छन् ।

१९औँ गभर्नर बन्ने आकांक्षीहरुले शक्ति केन्द्रसँगको उठबस बाक्लो  बनाउँदै गइरहेको समयमा सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि  तीन सदस्यीय समिति गठन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा दुई सदस्य राखेर समिति गठन गरेको छ। नेपालमा हाल भएका नियामक निकायहरूमध्ये सबैभन्दा बढी स्वायत्त, कानुनी तथा जनशक्ति एवं प्राविधिक रूपमा पनि सक्षम तथा देखिने गरी नियामकको भूमिकामा संलग्न केन्द्रीय बैंक अन्य नियामक निकायभन्दा बढी नै महत्त्वपूर्ण पनि छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

किन कि देशको मौद्रिक नीति निर्माण गर्ने, आर्थिक वृद्धिका लागि आवश्यक मुद्रा बजारमा प्रवाह गर्ने र महँगीलाई सरकारको नियन्त्रणभित्रै राख्ने तीन महत्त्वपूर्ण जिम्मेवारी केन्द्रीय बैंकसँग छ।

कोरोना महामारीपछिका वर्षहरूमा देशको बजेट अर्थात् वित्त नीतिभन्दा पनि मौद्रिक नीति नै बढी हाबी भएका कारण पनि राष्ट्र बैंकको गभर्नरको काँधमा पूरै अर्थतन्त्र निर्भर हुन पुगेझैँ देखिन्छ।

त्यसमाथि पनि देशभरका तीन करोडले दैनिक प्रयोग गर्ने नोट (रुपैयाँ) मा हस्ताक्षर गर्ने गभर्नरको पद लोभलाग्दो नै मानिन्छ। त्यसैले गभर्नर अधिकारीको कार्यकाल सकिएसँगै दौडधुप सुरु भएको हो ।

हाल सिफारिस समिति बनेको भए पनि हालसम्मको दृश्य अनुसार र सरकारले विभिन्न निकाय वा सरकारको मातहतमा भएको संघ संस्थानको नेतृत्व नियुक्त पक्रियालाई नियाल्दा अन्ततः राजनीतिक भागबन्डा गरेको प्रशस्त देखिन्छ । यस कारण आगामी गभर्नरमा पनि यही क्रम दोहोरिने निश्चित देखिन्छ ।

यस मानेमा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक पदमा एमाले निकटको मान्छे नियुक्त भएसँगै अब गभर्नर पद नेपाली कांग्रेसले हडप्ने पक्कापक्की जस्तो देखिन्छ । प्राधिकरणको कार्यकारी निर्देशकामा एमाले निकट हितेन्द्रदेव शाक्य आएसँगै आगामी गभर्नर कांग्रेसबाट हुने लगभग निश्चित जस्तो राजनीतिक चरित्र देखिएको छ ।

को को हुन् कांग्रेस निकट आकांक्षी 

गभर्नर पद कांग्रेसीको भागमा पर्ने देखिएसँगै कांग्रेस निकटका आकांक्षीको शक्ति केन्द्र धाउने क्रम बढिरहेको छ । अहिले कांग्रेस कोटाबाट ३ जना गभर्नरका प्रतिस्पर्धी देखिएका छन् । जसमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नविल बैंकमा सिईओ पदबाट राजीनामा दिएर बसेका ज्ञानेन्द्र ढुंगाना र रवीन्द्र पाण्डे ।

उल्लेखित तीन जना मध्येमा सुशील भट्टको सम्भावना प्रबल देखिएको भए पनि उनको मनसाय भने राष्ट्र बैंकको सञ्चालक समिति सदस्य समेत रहेका रवीन्द्र पाण्डेलाई समर्थन गर्ने देखिन्छ ।  यद्यपि भट्टले आफै नेतृत्व लिने वा पाण्डेलाई सहयोग गर्ने भन्ने विषयमा भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

बलिया दाबेदार मध्येका एक रवीन्द्र पाण्डे नेपाली कांग्रेस संस्थापननिकट हुन् । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका उनको चर्चा राष्ट्र बैंकको सञ्चालकमा आउनु अगावै चलेको थियो । शक्ति केन्द्रसँग निकै नजिक मानिने पाण्डेले समेत आगामी गभर्नरको निमित्त आन्तरिक अभ्यास बढाएको स्रोतको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?