National life

गभर्नर बनाउन रातारात मापदण्ड नै परिवर्तन, आखिर कसलाई चाहन्छन् अर्थमन्त्री पौडेल ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ चैत २०८१, मङ्गलबार
700Shares
गभर्नर बनाउन रातारात मापदण्ड नै परिवर्तन, आखिर कसलाई चाहन्छन् अर्थमन्त्री पौडेल ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरको लागि सरकारले मापदण्ड नै परिवर्तन गरेको छ । उमेरहद सम्बन्धी मापदण्ड हटाएको हो । ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३’ मा संशोधन गरी उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था नै हटाइएको छ।

यस अघि मापदण्डमा ३५ वर्ष उमेर पार गरी ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नियम ३ ग मा रहेको सो व्यवस्था नयाँ मापदण्डमा हटाइएको छ। यसबाट ६५ वर्ष नाघेका जोसुकैलाई पनि राष्ट्र बैंकको गभर्नर बनाउने बाटो खुलेको छ। २०८१ साल फागुन २७ गते उक्त मापदण्ड नेपाल सरकारले स्वीकृत गरेको भन्दै अर्थ मन्त्रालयले आफ्ना वेबसाइटमा राखेको छ। यति बेला सरकार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको गर्ने अन्तिम तयारीमा रहेको छ ।

https://aarthikvoice.com/archives/59355

गभर्नर सिफारिस समितिले अन्तिम तीन जनाको नाम टुंग्याउने क्रममै रहेको छ । यहि समयमा मापदण्ड परिवर्तन गर्नले सरकार माथि प्रश्न उठेको छ । यस किसिमको नीतिगत बेथितिले नयाँ गभर्नर ६५ वर्ष आसपास रहेको वा उक्त उमेर हद पार गरेको व्यक्तिहरू आउने देखिन्छन् । अहिले चर्चामा आएको तीन जना व्यक्ति उक्त उमेर समूहका छन् । राष्ट्रिय वाणिज्य बैंकको सीईओबाट भर्खरै बाहिरिएका किरणकुमार श्रेष्ठ, त्यस्तै हाल नेपाल राष्ट्र बैंकका सञ्चालक रहेका डा.रवीन्द्र पाण्डे र पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री ।

https://aarthikvoice.com/archives/59566

उमेरहदको सीमा हटाइएसँगै अर्थमन्त्री विष्णु पौडेलले यही तीन जनामध्येमा एक जना लिन चाहेको देखिन्छ । अर्थमन्त्री पौडेलले आफू निकट व्यक्तिलाई ल्याउनका लागि रातारात उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था नै परिवर्तन गरेको भन्दै आलोचना सुरु भएको छ । बैंक वित्त जानकारहरू भने आगामी गभर्नर स्वार्थ केन्द्रित नभएर केन्द्रीय बैंकको उचाइ बढाउने, चरित्रवाण, सक्षम र नीतिगत दक्खल राख्ने सबै क्षेत्रमा ज्ञान भएको आउनुपर्ने बताउँदै आएका छन् ।

राष्ट्र बैंकको गभर्नर नियुक्ति रोचक बन्दै गएको छ। गभर्नर बन्ने आकांक्षीहरू धमाधम जागिर छोडिरहेका छन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएसँगै गभर्नरको चर्चा झनै चुलिएको हो ।

https://aarthikvoice.com/archives/50818

त्यसअगाडि पनि अर्का एक आकांक्षीले राजीनामा दिएका थिए । गभर्नर बन्ने दौडमा रहेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका थिए। बैंकका सीइओहरुले धमाधम राजीनामा दिँदै गभर्नरको निमित्त लागी परेको अन्तिम समयमा आएर अर्थमन्त्रीको भूमिका र उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था नै हटाइनुले सरकारप्रति अविश्वास बढ्नुको साथै प्रश्न चिन्ह खडा भएको छ ।

https://aarthikvoice.com/archives/59878

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?