काठमाडौ । गायिका तथा टुङ्ना बादक फुटी शेर्पा राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२ बाट सम्मानित भएकी छिन् ।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न बरिस्ठ गीतकार बुद्धवीर लामा विशेष एकल साँझ “बुद्धवीर लामा गीतिमय सांगीतिक साँझ”को शुभ अवसरमा प्रयास मञ्च नेपालले शेर्पालाई प्रभावशाली प्रतिभाको रुपमा छनौट गरि पुरस्कारबाट सम्मान गरिएको थियोे ।
शेर्पाले नेपालमा मात्र नभई छिमेकी राष्ट्र भारतको सिलिगुडीमा सम्पन्न इन्टरनेशनल हिमालयन ईथिनिक सिङगिङ च्याम्पियनसिपमा पनि नेपालको प्रतिनिधित्व गरेर द्वितीय हुन सफल भएकी थिइन् ।






































