काठमाडौँ । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले ठूलो मात्रामा अवैध रकम लुकाएर राखिएको आशंकामा छापा मारेको छ ।
प्रहरीले उक्त घरबाट करिब ४ करोड रुपैयाँ नगद र सुन बरामद गरेको जनाएको छ । अवैध रकमसँग सम्बन्धित रहेको आरोपमा प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






































