National life
cg eloctronics

ग्लोबल आइएमई सेक्युरिटिजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
375Shares
ग्लोबल आइएमई सेक्युरिटिजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
ncell

काठमाडौँ । ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापित यस कम्पनीको साधारणसभाले विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ । साथै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतारचढाव र नियामक निकायका निर्देशनहरूका बीच पनि कम्पनीले पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकतामा राखेर उल्लेखनीय प्रगति हासिल गरेको बताइन् ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले कम्पनीले हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
375SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?