National life

घुस लिएको अभियोगमा नेपाल प्रहरीका एसआई विरुद्ध मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ वैशाख २०८२, मङ्गलबार
463Shares
घुस लिएको अभियोगमा नेपाल प्रहरीका एसआई विरुद्ध मुद्दा दायर
ncell

काठमाडौं । ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सब इन्सपेक्टर - एसआई) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्काविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार खड्काले भारतबाट भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका लागि सामान ल्याउन दिने भन्दै सेवाग्राहीबाट ३० हजार रुपैयँँ घुस लिएको प्रमाणित भएपछि विशेषमा मुद्दा दायर गरिएको हो ।

खड्कालाई घुस मागेको सूचना र उजुरी निवेदन परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ रकम सहित नियन्त्रणमा लिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खड्काले घुस लिएको ३० हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी गर्दै मुद्दा दायर भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?