National life
cg eloctronics

चालु आर्थिक वर्षको पहिलो महिनामा निक्षेप सङ्कलनमा ०.७ प्रतिशतले कमी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
1.9kShares

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले आज विहीवार साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको जनाएको छ ।

muktinatha bikash bank

प्रतिवेदनका अनुसार शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड रहेको छ । यस्तै राजस्व परिचालन रु. ९४ अर्ब ७४ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घट्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ०.७ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?