काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीबाट चीन जोड्ने अन्तर्राष्ट्रिय राजमार्गको कोदारी इको खण्ड भास्दिँदा आज बिहानदेखि सवारी अवरुद्ध भएको छ ।
आइतबार बिहान भोटेकोशी–२ स्थित कोदारीमा अविरल वर्षाका कारण सडक भास्सिएर अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै नाका र सीमावासी प्रभावित बनेका छन् । शनिवार राति देखिको निरन्तर वर्षापछि सडकको संरचना कमजोर बनेर भास्सिएको जनाइएको छ।
स्थानीय प्रशासनले तत्कालीन रूपमा सडक अवरुद्ध भएको जानकारी गराउँदै वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको बताएको छ। घटनास्थलमा सडक मर्मतको प्रारम्भिक तयारी भइरहेको छ भने भासिएको क्षेत्रको विस्तृत मूल्यांकनपश्चात् पुनः निर्माण कार्य सुरु गरिने बताइएको छ।






































