काठमाडौँ । काठमाडौं बौद्धबाट स्थित एक घरमा जुवा खेलिरहेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट उनीहरुलाई प्रहरीले प्रकाउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ६ लाख ६९ हजार आठसय १० रुपैयाँ पनि बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


































