National life

जोकोहीले बीमाको गम्भिर्यता बुझ्न जरुरी छ,अफवाह फैलाए कारबाही हुन्छ:अध्यक्ष सिलवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ चैत २०८०, शुक्रबार
630Shares
जोकोहीले बीमाको गम्भिर्यता बुझ्न जरुरी छ,अफवाह फैलाए कारबाही हुन्छ:अध्यक्ष सिलवाल
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जीवन बीमाको बोनस दर निर्धारण गर्ने काम नितान्त एक्चुरी (बीमांकी) को मात्रै हुने भएकाले त्यसमा अनावश्यक अफवाह नफैलाउँन चेतावनी दिएका छन् । कस्ले के काम गर्छ ? भन्ने साधारण कुराको पनि ज्ञान नभएकाहरुलाई उनले अध्ययनको ठूलो खाँचो रहेको औँल्याएका हुन् ।

आर्थिक भ्वाईससँगको कुराकानीमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले भने,‘बोनस भनेको त कुनै पनि जीवन बीमा कम्पनीको अर्निङ क्यापासिटी, जगेडा कोष, ल्याप्सेस हेरेर गर्नुपर्छ । त्यो काम एक्चुरीको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सकेसम्म राम्रै बोनस दर दिउँ भन्ने सबै कम्पनीलाई लाग्न सक्छ किनकी बोनस दर दिने कुरा त उसको क्यापासिटीसँग पनि जोडिने कुरा हो । कुनै पनि कम्पनीको बोनस प्रत्येक वर्ष घटबढ चाही हुनसक्छ । यो स्थिर दरमा रहन्छ भन्ने ग्यारेन्टी हुँदैन ।’

उनले पछिल्लो समय बीमा प्राधिकरणले कुनै पनि कम्पनीले दिने बोनस दरममा समस्या नआओस् भनेर नै फ्युचर बोनस प्रोभिजनिङको समेत सुरुवात गरेको सुनाए । सिलवालले सुरुमा पचास प्रतिशत रकम प्रोभिजन गर्न कम्पनीहरुलाई निर्देशन समेत दिइसकेको बताए । त्यसरी निर्देशन दिँदा कतिपय कम्पनीहरुले ३५ प्रतिशतसम्म प्रोभिजन समेत गरिसकेको सुनाए । त्यस्तै, बाँकी रहेको १५ प्रतिशत रकम पनि कम्पनीहरुले छिट्टै पुर्याउने योजना आफू समक्ष आईपुगेको बताएका छन् । उनले यसरी फ्युचर बोनस प्रोभिजन लागू गर्नुको उदेश्य नै बोनस दरमा एकरुपता ल्याउँन, बीमित तथा कम्पनीहरुलाई बलियो बनाउँदै राम्रो प्रतिफल दिन रहेको बताएका छन् ।

https://aarthikvoice.com/archives/28463

अध्यक्ष सिलवालले थपे,‘बीमा कम्पनीहरुको मुनाफासँग अब बोनस बढ्दैन । संसारमा कुनै पनि कम्पनीका सीईओले नभई एक्चुरीले मात्रै बीमाको बोनस दर निर्धारण गर्न मिल्छ । हामीले त्यही बोनस स्टेबल गर्नुपर्छ भनेर नै फ्युचर बोनस प्रोभिजन लागू गरेका हौं । भोलि कम्पनी एसिस्ट भन्दा लायबलिटी बढी हुँदा पनि हामीले सोल्भेन्सी त हेरिरहेका हुन्छौं । सुरुमा केही कम्पनीको बोनस घटला तर यो एक वर्षमा सबै स्टेबल हुँदै जान्छ ।’

उनले कुनै पनि कम्पनीले निर्धारण गर्ने बोनस दरको आधारमा नै कम्पनीको सबलता कायम हुने भएकाले बिना एक्चुरी कुनै पनि संचालक समिति वा सीईओले बोनस राख्न नसक्ने बताए । सिलावलले बीमितलाई दिने भनेर निर्धारण गरिसकेका कुराहरु कम्पनीले दिनुपर्छ भन्दै आफूहरुले बोनस दर निर्धारण गरेकोमा जोड दिए । उनले बोनसको निर्धारण एकमात्रै कम्पनीको स्ट्रेन्थ वा पे गर्ने क्षमताले निर्धारण गर्ने भएकाले यसमा कोही पनि दुविधामा पर्न नपर्ने बताएका छन् । सिलवालले आगामी दिनमा जीवन बीमा कम्पनीहरुले लोकप्रियता कायम गर्दै, बीमा कम्पनी र बीमितको बीचको बोनस दर सम्झौता थप मजबुद बनाउँन सक्ने स्पष्ट पारे ।

https://aarthikvoice.com/archives/28692

साथै, कुनै पनि सीईओको एकल मनले मात्र नभई बोनस दर निर्धारणको आधार विविध पक्षलाई अनिवार्य समेटे पछि मात्रै हुने सिलवाल बताउँछन् । उनले बीमा पोलिसी, त्यसको अवधि, बीमाशुल्क, जोखिम बहनको अवधि हेरेर एक्पर्ट बीमाको बीज्ञ एक्चुरी बाट मात्रै बोनस दर निर्धारण हुने बताए । बीमा बजारमा अफवाह फैलाउने किसिमले वा कुनै सीईओलाई अकारण दबाब सिर्जना गर्ने हेतुले कसैले बीमा बजारको बदनाम गराउँन खोज्छ भने दोस्रो पक्षले बीमाको गभिर्यता नबुझेको ठहरीने अध्यक्ष सिलवालको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?