National life

टोखा क्षेत्रबाट २५ करोड युरो र डलरसहित पक्राउ परेका पौडेल ३५ लाख धरौटीमा रिहा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ साउन २०८२, शुक्रबार
489Shares
टोखा क्षेत्रबाट २५ करोड युरो र डलरसहित पक्राउ परेका पौडेल ३५ लाख धरौटीमा रिहा
ncell

काठमाडौँ । काठमाडौँको टोखा क्षेत्रबाट २०८१ चैत ४ गते राति करिब १० बजेतिर २५ करोड रुपैयाँ बराबरको युरो र डलरसहित पक्राउ परेका नारायण पौडेललाई अदालतले ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्माको इजलासले असार ३२ गते उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। राजस्व अनुसन्धान विभागले पौडेल र ट्रक (कन्टेनर) चालक कुसाङ लामा ‘फुच्चे’लाई प्रतिवादी बनाउँदै वैशाख २ गते मुद्दा दायर गरेको थियो।

टोखा–झोर महांकालबाट ना.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
७ ख १६५२ नम्बरको ट्रकबाट २५ करोड ३४ लाख ७८ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको थियो। ट्रक चालक कुसाङ लामा पनि सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–१ का बासिन्दा हुन्।

उनीहरू विरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको हो।टोखा–१० स्थित महादेवटार हाइटमा बसोबास गर्दै आएका नारायण पौडेल पुराना खासा व्यापारी हुन्।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, पौडेलले दिइएको ठूलो परिमाणको विदेशी मुद्रा लिएर चालक कुसाङ ‘फुच्चे’ केरुङतर्फ जाँदै थिए। उनीहरूको योजना चीनको केरुङबाट सुन खरिद गरी नेपाल भित्र्याउने रहेको खुलेको छ।

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?