काठमाडौँ । डिशहोमले नेपाली इन्टरनेट र टिभी सेवाको अनुभवलाई अझ सहज र लाभदायक बनाउन नयाँ सेवा सार्वजनिक गर्दैछ। कम्पनीले चाँडै नै आफ्नो मोबाइल एप ‘माइ डिशहोम’ मार्फत ‘भर्चुअल प्रिभिलेज कार्ड’ सेवा सुरु गर्न लागेको छ, जुन ग्राहकहरूको जीवनशैलीमा प्रत्यक्ष फाइदा पुर्याउने लक्ष्यसहित ल्याइएको हो।
नेपालमा इन्टरनेट र टिभी क्षेत्रमा पहिलो पटक सुरु हुन लागेको यो भर्चुअल कार्ड सुविधा ग्राहकको दैनिक उपभोग्य सेवाहरूमा समेत उपयोगी हुने छ। डिशहोमका सक्रिय सदस्यहरूले माइ डिशहोम एपमै स्वचालित रूपमा देखिने यो कार्ड प्रयोग गरी विभिन्न सेवामा अधिकतम २५ प्रतिशतसम्म छुट पाउनेछन्।
डिशहोमले होटल, रेस्टुरेन्ट, क्याफे, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाइल तथा इलेक्ट्रोनिक्स पसल, अटोमोबाइल शोरूम र सपिङ मलहरूसँग सहकार्य गरी ग्राहकका लागि छुट सुविधा उपलब्ध गराउनेछ। यसले ग्राहकहरूको दैनिक जीवनलाई अझै किफायती र सुविधा सम्पन्न बनाउने अपेक्षा गरिएको छ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार, “हामी केवल इन्टरनेट र डिजिटल मनोरञ्जनमै सीमित छैनौं, हाम्रो लक्ष्य ग्राहकको समग्र डिजिटल जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउनु हो। भर्चुअल प्रिभिलेज कार्ड त्यसै दिशातर्फको महत्त्वपूर्ण पाइला हो।”
यो कार्ड केवल सक्रिय सदस्यतामा मात्र प्रयोग गर्न सकिने भएकाले सेवा सुरक्षित र विशिष्ट रहनेछ। ग्राहकहरूले माइ डिशहोम एप खोलि डिजिटल कार्ड देखाएर सहभागी सेवा प्रदायकहरूबाट छुट प्राप्त गर्न सक्नेछन्।
डिशहोमको यो नवीन प्रयासले कम्पनीलाई नेपालको डिजिटल जीवनशैली परिवर्तनको नेतृत्वमा अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
ग्राहकहरूलाई यो सुविधा उपयोग गर्न प्ले स्टोर वा एप स्टोर मार्फत माइ डिशहोम एप डाउनलोड वा अद्यावधिक गर्न अनुरोध गरिएको छ।






































