काठमाडौँ । डिशहोमले नेपालकै चर्चित थकाली ब्रान्ड मेलुङ थकाली सँग साझेदारी गर्दै आफ्ना सक्रिय ग्राहकका लागि विशेष छुट सुविधा ल्याएको छ। अब डिशहोमका ग्राहकले मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउने भएका छन्।
मेलुङ थकालीका पाँच शाखा एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारमा सञ्चालनमा छन् भने थप शाखा विस्तारको तयारी भइरहेको कम्पनीले जनाएको छ। यस साझेदारीमार्फत ग्राहकले आफ्नो मनपर्ने थकाली परिकार छुटसहित खान पाउने सुविधा प्राप्त गर्नेछन्।
छुट लिनका लागि ग्राहकले माइ डिशहोम एप प्रयोग गर्नुपर्नेछ। एप डाउनलोड गरी दर्ता भएको नम्बर वा ग्राहक आईडीमार्फत लग–इन गरेर भर्चुअल प्रिभिलेज कार्ड देखाएपछि छुट प्राप्त गर्न सकिने छ।
मेलुङ थकालीका सह(संस्थापक बसन्त लामा र डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनबीच यस सम्बन्धमा समझदारीपत्र हस्ताक्षर भएको हो ।
डिशहोमका सीईओ तारा मानन्धरले यस साझेदारीले ग्राहकको दैनिक जीवनमा थप मूल्य दिने विश्वास व्यक्त गर्दै आगामी महिनामा अन्य ब्रान्डहरूलाई पनि भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत समावेश गर्ने योजना रहेको जानकारी दिए ।






































