National life

तरलता व्यवस्थापन गर्न आज पनि ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१५ चैत २०८२, आइतबार
943Shares
तरलता व्यवस्थापन गर्न आज पनि ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बजारबाट करिब ४० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा तरलता धेरै हुँदा उक्त रकम निक्षेप संकलन उपकरणमार्फत २१ दिनको अवधिका लागि बजारबाट झिकिनेछ।

गत तीन वर्षदेखि राष्ट्र बैंकले नियमित रूपमा हरेक आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। आज पनि यही प्रक्रियाअनुसार रकम संकलन हुने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप संकलनमा भाग लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन्। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका मात्र बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। संकलित रकम अन्य बैंक वा वित्तीय संस्थामा धितोको रूपमा पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
943SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?