National life

तरलता व्यवस्थापन गर्न आज पनि बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ चैत २०८२, आइतबार
818Shares
तरलता व्यवस्थापन गर्न आज पनि बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक
ncell

काठमाडौं। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पनि ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ। केन्द्रीय बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउने तयारी गरेको हो।

यसमा ब्याजदर बोलकबोल प्रक्रियाबाट तय गरिनेछ भने मूलधन र ब्याजको भुक्तानी २०८३ जेठ १७ गते गरिनेछ। यस प्रक्रियामा सहभागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, बोलकबोलका क्रममा एउटै संस्थाले विभिन्न ब्याजदरमा एकभन्दा बढी प्रस्ताव पेश गर्न पनि पाउनेछन्। निक्षेप संकलनको रकम बाँडफाँड गर्दा भने कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राख्दै क्रमशः आह्वान गरिएको कुल रकमसम्म वितरण गरिने नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?