National life

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ३० अर्ब तान्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
1.3kShares
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ३० अर्ब तान्दै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज आइतबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केन्द्रिय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति चैत असार १ गते निर्धारण भएको छ । यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?