National life

दमक भ्यू टावरमा भ्रष्टाचारको आशंका, छानबिनको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
573Shares
दमक भ्यू टावरमा भ्रष्टाचारको आशंका, छानबिनको माग
ncell

काठमाडौँ । झापाको दमकमा निर्माण गरिएको ‘भ्यू टावर’ परियोजनामा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन्।

स्थानीय बासिन्दा तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक सम्पत्ति दुरुपयोगको आशंका गर्दै भ्यू टावर निर्माणसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी रूपमा सार्वजनिक गर्न माग गरे।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गौरवको योजनाका रूपमा अघि बढाएको भ्यू टावर दमक नगरपालिका–३ मा १८ तले बनाइएको हो। उक्त टावर निर्माणका लागि २०७३ सालतिर दमक नगरपालिकाले करिब ४ बिघा १८ कठ्ठा ७ धुर जग्गा ‘माँ पञ्चकन्या हाउजिङ प्रा.लि.’ लाई उपलब्ध गराएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विकास र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित सार्वजनिक प्रयोजनका लागि जग्गा दिइएको भए पनि, अहिले कम्पनीले २ बिघा जग्गा सापटीमा फिर्ता र २५ कठ्ठाको मौद्रिक क्षतिपूर्ति माग गर्दै स्वामित्वको दाबी गरेपछि विवाद उत्पन्न भएको हो।

मेयाङ्ग्वोका अनुसार नगरपालिकासँग कम्पनीबीच भएको सम्झौता अझै सार्वजनिक भएको छैन। जनप्रतिनिधि नहुञ्जेलको समयलाई उपयोग गरेर निजी कम्पनीलाई सार्वजनिक जग्गा कसरी दिइयो भन्ने सवाल अझै अनुत्तरित छ।

भ्यू टावर निर्माणमा अपारदर्शिता देखिएको भन्दै मेयाङ्ग्वोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्। उनले भ्यू टावर नबनु अघि प्रति कठ्ठा अधिकतम ३ लाख पर्ने जग्गाको अहिले कम्पनीले ५० लाखको दरमा क्षतिपूर्ति माग गरेको भन्दै आपत्ति जनाए।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?