काठमाडौं । बडा दशैं नजिकिँदै गर्दा दराज नेपालले वार्षिक अभियान ‘९.९ दशैं धमाका – बडा दशैं, बडा तयारी’ सुरु गर्ने घोषणा गरेको छ । भदौ २४ देखि असोज ७ (सेप्टेम्बर ९–२३, २०२५) सम्म सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ७५ प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १० हजारसम्मको भौचर पाउने कम्पनीले जनाएको छ ।
यस वर्षको दशैं धमाका दराजको वार्षिकोत्सवसँगै coincides भएकाले थप विशेष र लाभदायी बनाइने दराजले दाबी गरेको छ । कम्पनीले सेताफिल, यूनिलिभर, होनासा, गायत्री समूहलगायत प्लेटिनम पार्टनरमार्फत ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ । गोल्ड पार्टनरमार्फत ६० प्रतिशत र सिल्भर पार्टनरमार्फत ४० प्रतिशतसम्म छुट दिइनेछ । साथै, भ्यान्स, कन्भर्स, लोट्टो, पोषिलो फुड्स, अस्टाबेरी लगायत ५० भन्दा बढी ब्रान्डमा पनि ५० प्रतिशतभन्दा बढी छुट उपलब्ध हुने जनाइएको छ ।
यसबाहेक, सात बैंकहरूसँगको सहकार्यमा प्रिपेमेन्ट छुटको व्यवस्था गरिएको छ । नबिल, हिमालयन, सानिमा, प्रभु, ज्योति विकास, महालक्ष्मी विकास र गरिमा विकास बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (रु. १,५०० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (रु. १,००० सम्म) छुट पाउनेछन् ।
न्यूनतम रु. ४९९ को खरिदमा छानिएका सामानमा निःशुल्क डेलिभरीको सुविधा रहनेछ । त्यसका लागि दराज एपमार्फत भौचर संकलन गर्नुपर्नेछ ।
दराजले छुट र अफर मात्र नभई सहज भुक्तानी, फास्ट डेलिभरी, रिटर्न प्रणालीसहित फरक किनमेल अनुभव दिने प्रतिबद्धता जनाएको छ ।
दराज समूह सन् २०१५ मा स्थापना भएको हो । पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा विस्तार गरेको यस ई–कमर्स प्लेटफर्मले दक्षिण एशियामा व्यापारमार्फत उपभोक्ता र बिक्रेतालाई जोड्दै आएको छ ।






































