काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ४७.९३ अंकले घटेर २९५४.१४ बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा नेप्से १.५९ प्रतिशतले घटेको हो ।
आज कुल कारोबार रकम १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँ रहँदा ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर किनबेच भए । आज कारोबार संख्या १ लाख ४१ हजार ५२० रहँदा कारोबार भएका कूल ३२७ कम्पनीमध्ये २३ कम्पनीको शेयर मूल्य बढ्यो भने २२६ वटा कम्पनीको शेयर घटेका छन् ।
आज सबैभन्दा धेरै कारोबार रकम हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रह्यो । जसको कारोबार १ अर्ब ३२ करोड १२ लाख १८ हजार १९५ रुपैयाँ पुगेको छ।
बुधबार बजारका अधिकांश उपसूचकहरू राताम्मे देखिए । सूचीकृत १३ उपसमूहमध्ये 'अन्य' उपसूचक मात्र हरियो रहेको थियो । उक्त उपसूचक २३.४२ अंकले बढेको हो ।
अन्य उपसूचकहरूको विवरण यसप्रकार छ :
बैंकिङ: १,५३३.२५ (-२४.२१) (-१.५५%)
विकास बैंक: ६,३१९.८२ (-२१३.७२) (-३.२७%)
फाइनान्स: २,६४०.९५ (-७३.३२) (-२.७०%)
होटल तथा पर्यटन: ७,१६३.३८ (-१५४.३९) (-२.१०%)
जलविद्युत: ३,८४२.५३ (-६३.८७) (-१.६३%)
लगानी: ११९.४४ (-२.०१) (-१.६५%)
जीवन बीमा: १३,९७२.७९ (-२५०.९४) (-१.७६%)
उत्पादन तथा प्रशोधन: ८,०८२.५६ (-१०८.३७) (-१.३२%)
लघुवित्त: ५,५०२.२५ (-१८६.७१) (-३.२८%)
म्युचुअल फण्ड: २०.७५ (-०.०२) (-०.१०%)
निर्जीवन बीमा: १३,२९५.९६ (-२०८.६८) (-१.५४%)
ट्रेडिङ: ४,४००.५७ (-७७.३५) (-१.७२%)







































