National life

दोहोरो अंकले बढ्यो नेप्से, यी कम्पनीमा लाग्यो सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
1.3kShares
दोहोरो अंकले बढ्यो नेप्से, यी कम्पनीमा लाग्यो सर्किट
ncell

काठमाडौं। सेयर बजार आज दोहोरो अंकले बढेको छ। साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा उल्लेखनीय उछाल देखिएको हो।

नेप्से आज १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारमा आज करिब ३ करोड ४८ लाख ५२ हजार कित्ता सेयर कारोबार भएका छन्, जसको कुल मूल्य १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ रहेको छ।

आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्य घटेको छ। १७ कम्पनीको मूल्य भने अघिल्लो दिनकै स्तरमा स्थिर रह्यो।

केही कम्पनीले सर्किट ब्रेक मार्फत बजारको ध्यान तानेका छन्। रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी, साल्पा विकास बैंक र होटल फरेष्ट इनको मूल्य ९.९९ प्रतिशतले सर्किट लागेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?